मोरङ । मोरङ कटहरी ७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार दिउँसो आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको भनि आफन्तले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको विषय थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।