Lite Nepal

शुक्रबार, आश्विन ३०, २०८३

विराटनगर । विराटनगर महानगरपालिका–५ चाँदनी चोकमा टियोलोजी क्याफे सञ्चालनमा आएको छ ।

करिब २५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको क्याफेको शुक्रबारदेखि औपचारिक उद्घाटन गरी सेवा सुरु गरिएको हो ।

खाली ठाउँलाई सदुपयोग गर्दै क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक विशाल रोयले बताए । नयाँ अवधारणासहित सुरु गरिएको क्याफेले चियाका पारखी, खानाका सौखिन तथा साथीभाइसँग रमाइलो समय बिताउन चाहनेहरूलाई लक्षित गरेको उनको भनाइ छ ।

क्याफेमा चिया तथा विभिन्न परिकारको स्वाद लिन सकिनेछ । खाली ठाउँलाई उपयोग गरी नयाँ व्यवसाय सुरु गर्नुका साथै स्थानीय क्षेत्रमा सेवा र आतिथ्यको नयाँ विकल्प थप्ने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं