Lite Nepal

शुक्रबार, आश्विन ३०, २०८३

विराटनगर । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ ।

सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले शुक्रबार प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन आधिकारिक रूपमा फिर्ता लिएको जानकारी गराएका छन् ।

समर्थन फिर्ता लिँदै सरकारमा सहभागी एमालेका चारै जना मन्त्रीले आजै मुख्यमन्त्री यादवसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्।

राजीनामा दिनेमा मन्त्री मोहम्मद समिर, लखन दास तत्मा, शारदा देवी थापा र मनोज कुमार सिंह रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं