Lite Nepal

सोमबार, कार्तिक ०३, २०८३

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफमाथि भएको भनिएको गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू नेपालतर्फ भाग्ने तयारीमा रहेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरीले जनाएको छ । राजस्थानको कोटा रेलवे स्टेसनबाट सोमबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तीनै जना दिल्ली हुँदै नेपाल प्रवेश गर्ने योजनामा थिए ।

कोटाका प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग गरिएको प्रारम्भिक सोधपुछका क्रममा उनीहरूको नेपाल भाग्ने योजना सार्वजनिक भएको हो ।

आइतबार साँझ अभिनेता श्राफमाथि गोली प्रहार भएको भनिएको घटनापछि भारतीय प्रहरीले संदिग्धहरूको खोजी तीव्र बनाएको थियो । सोही क्रममा उनीहरू कोटामा पक्राउ परेको बताइएको छ ।

पक्राउ परेकाहरूको घटनामा वास्तविक संलग्नता, आक्रमणको उद्देश्य र सम्भावित योजनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं