विराटनगर । सोलुखुम्बुका एक गाउँपालिकाका वाडाध्यक्षको करेन्ट लागेर मृत्यू भएको छ ।
सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका ५ का वडाध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
मंगलबार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।