Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

काठमाडौं । पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल)  को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। उनले कर्णाली याक्सबाट प्रतियोगिता खेल्नेछन्।

३० वर्षीय फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले नौ शतक र ३८ अर्धशतकसहित ५ हजार ७७५ रन बनाएका छन्।

सन् २०२५ को पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट १२ खेलमा ४४९ रन बनाएपछि उनी राष्ट्रिय टी–२० टोलीमा पुनरागमन गरेका थिए। त्यसपछि बंगलादेश र वेस्ट इन्डिजविरुद्ध पनि उनले उत्कृष्ट प्रदर्शन गरे।

घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका फरहानको आगमनले कर्णाली याक्सको ब्याटिङ बलियो हुने अपेक्षा गरिएको छ। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं