Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

काठमाडौं । भारतको बिहारस्थित सिवान जिल्लामा एक घरमा पटाका बनाउने क्रममा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ ।

सिवानका एसपी भरत सोनीका अनुसार मेडिकल टोलीको मूल्यांकनपछि सिभिल सर्जनले पाँचजनाको शव फेला परेको पुष्टि गरेका छन् ।

घटनाको समयमा घरमा सातदेखि आठजना उपस्थित रहेको बताइएको छ, जसमध्ये पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ । दुईदेखि तीनजना घरबाहिर रहेको बताइएको छ ।

“फोरेन्सिक साइन्स ल्याबको टोली घटनास्थलमा पुगेको छ । आगो पूर्ण रूपमा निभाइसकेको छ,” सिवानका प्रहरी उपरीक्षक भरत सोनीले भने, “बम पत्ता लगाउने र डिस्पोजल गर्ने टोली पनि घटनास्थलमा पुगेको छ ।”

यस विषयमा लापरवाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई निलम्बन गरिएको छ । प्रहरीले यस घटनामा एफआईआर दर्ता गरेको छ । -बीबीसी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं