Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन् । पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिइन्। तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन् ।

पर्यटक आगमनको मौसम सुरु भएकाले असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ । सबैभन्दा धेरै पर्यटक भुटानबाट भित्रिएका छन् । असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ ।

तीन महिनामा भूटानबाट ४७८ जना, अमेरिकाबाट २४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बङ्गलादेशबाट ३५ जना पर्यटक पूर्वीनाका हुँदै नेपाल प्रवेश गरेको कार्यालयका प्रमुख भट्टराईले बताइन्।

यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसासमेत जारी हुने गरेको छ । चालु आवको तीन महिनामा ९९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको उनले बताइन् ।

पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा ९८५ जना विदेशी नागरिक भारत गएका छन् । जसमा साउनमा ३१८ जना, भदौमा २३० जना र असोजमा ४३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं