Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै नयाँ ‘एनपीएल अनलिमिटेड प्याकेज’ ल्याएको छ।

नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजअन्तर्गत ३३३ मिनेट अल-नेट भ्वाइस कलका साथै प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ।

नेपाल टेलिकमले एनपीएल–३ लाई लक्षित गरी ल्याएको यो प्याकेज आज कात्तिक १० गतेदेखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिने जनाएको छ। प्याकेज खरिद गरेपछि यसको भ्यालिडिटी ३० दिनको हुनेछ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्ने प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ।

‘एनपीएल अनलिमिटेड प्याकेज’ मोबाइलबाट 1415*9# डायल गरेर खरिद गर्न सकिनेछ। त्यसैगरी नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि उक्त प्याकेज लिन सकिने कम्पनीले जनाएको छ।

नेपाल टेलिकम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको ‘अफिसियल टेलिकम पार्टनर’ समेत हो। नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको टेलिकमले एनपीएललाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं