काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल कन्फरेन्समार्फत महानिरीक्षक कार्कीले विभिन्न तहका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रहरी तालिम केन्द्रहरू तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरू, गण तथा गुल्महरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू र प्रहरी निरीक्षक प्रमुख रहने कार्यालयसम्मका प्रमुखहरूलाई पनि भर्चुअल माध्यमबाट निर्देशन दिइएको हो।
देशभरका विभिन्न तह र कार्यक्षेत्रमा रहेका प्रहरी कार्यालयका प्रमुखहरूलाई एउटै भर्चुअल कार्यक्रममा सहभागी गराई समसामयिक विषयमा निर्देशन दिइएको हो।