Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

विराटनगर । सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लुकाइछिपाइ राखिएका  १२ लाख बराबरका सयपत्री फूलका तयारी माला बरामद गरेको छ। शनिवार विशेष सूचनाका आधारमा  सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कालिनी, मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विराटनगर महानगरपालिका–४, गोग्राहास्थित राधाकृष्ण कोल्ड स्टोरको खाली चौरबाट उक्त माला बरामद गरेको हो।

भारतबाट अवैध रूपमा नेपाल ल्याई लुकाइछिपाइ राखिएका ती मालाको बजार मूल्य करिब  १२ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका मालालाई सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको उपस्थितिमा प्रचलित कानुनी व्यवस्थाबमोजिम नष्ट गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं