Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

पार्टीको सचिवालय बैठकले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने कार्य गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो।

बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनाको कारण र संलग्न व्यक्तिबारे निष्पक्ष छानबिन गरी दोषीमाथि शीघ्र कारबाही गर्नुपर्ने बताए। उनले कारबाहीमा कुनै सम्झौता नगर्न पनि सरकारलाई आग्रह गरे।

रास्वपाले प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सोसल डेमोक्रेसीलाई आत्मसात् गर्ने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं