काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनित गरेको छ ।
पार्टीको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले लामालाई अध्यक्षमा मनोनित गरेको पत्रमार्फत जानकारी गराएको हो ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्षमा मनोनित गरिएको महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले जारी गरेको पत्रमा उल्लेख छ ।

त्यसैगरी, आगामी छ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने विश्वास समेत पत्रमा व्यक्त गरिएको छ ।
