Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पुर्‍याइएको छ ।

सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो ।

पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर)को मात्रा घटेको र बोल्न समेत कठिनाइ भएको छ । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि इलाम अस्पतालको स्वास्थ्यकर्मी टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो ।

उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको हो । स्वास्थ्य परीक्षणपछि उनलाई थप उपचार तथा स्वास्थ्य निगरानीका लागि अस्पताल लगिएको हो ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएपछि स्वास्थ्यकर्मीलाई तैनाथ अवस्थामा राखिएको इलाम अस्पताल स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं