Lite Nepal

सोमबार, आश्विन १२, २०७७

झापा । झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको आज दिउँसो मृत्यु भएको हो ।

मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ । उनमा असोज ६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या देखिएको उनको उपचारकै क्रममा आज मृत्यु भएको हो ।

योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं