काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने टोलीको भ्रमण स्वीकृत गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
