Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिसभासमक्ष माफी मागेकी छन् । सांसदहरूले उठाएजस्तो अभिव्यक्ति आफूले नदिएको भन्दै पन्सिएकी गौतमले चित्त दुखाएकोमा भने माफी मागेकी हुन् ।

जेनजी आन्दोलनको स्मृतिमा पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री गौतमले कानुन निर्माणले गति लिन नसक्नुमा राष्ट्रियसभामा आफ्नो पार्टीको उपस्थिति नहुनुलाई कारणका रूपमा प्रस्तुत गरेकी थिइन् ।

उनले ‘त्यहाँ को–को हुनुहुन्छ तपाईंहरूलाई थाहा छँदैछ नि !’ भन्दै एकदिन त्यो सभामा पनि आफ्ना प्रतिनिधि हुने बताएकी थिइन् । राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको झुटा अभिव्यक्ति दिएर सभालाई होच्याउने काम गरेको भन्दै आपत्ति जनाएकी थिइन् ।

त्यस्तै, बिहीबारको बैठकमा सांसदहरू रञ्जीत कर्ण, रामकुमारी झाँक्री, सुनिलबहादुर थापासहितले मिथ्या अभिव्यक्ति फिर्ता लिन र राष्ट्रियसभासमक्ष माफी माग्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं