Lite Nepal

शनिबार, कार्तिक २१, २०८३

काठमाडौं । मिडियामाथि नियन्त्रणको प्रयास र पत्रकारितामाथि दबाब सिर्जना गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। शनिबार युवाहरूको समूहले कालो पोसाक लगाएर ब्यानरसहित प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकारको संरक्षण गर्न माग गरेका छन्। प्रदर्शनमा सहभागी पुष्कर बास्तोलाले सरकारले पत्रकारितामाथि प्रहार गर्दै नागरिकको बोल्न पाउने अधिकार खोस्ने प्रयास गरेको आरोप लगाए।

उनले सरकारको कार्यशैली निरंकुशतातर्फ उन्मुख भएको दाबी गर्दै त्यसविरुद्ध निरन्तर खबरदारी गरिरहेको बताए। लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि विभिन्न पुस्ताले गरेको संघर्ष, त्याग र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्न सबैले आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

प्रदर्शनकारीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको नियन्त्रण स्वीकार्य नहुने भन्दै सरकारलाई सचेत गराएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं