विराटनगर । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ४४ अंकले घटेर २ हजार ६४८ को विन्दुमा कायम भएको छ ।
आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ । आज ३३५ कम्पनीको ८७ करोड ४४ लाख २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सानिमा माई हाइड्रोको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने श्वेत गंगा हाइड्रोको १६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

यस्तै सामलिङ पावरका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् भने एशियन हाइड्रोका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले गुमाएका हुन् ।