Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टी र नेकपा (एमाले)का नेता तथा उनीहरूका घरलाई योजनाबद्ध रूपमा निसाना बनाइएको बताएका छन् ।

शनिबार ललितपुरमा कांग्रेस संस्थापनइतर समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र बीपी कोइरालाको पुर्ख्यौली घर समेत जलाइएको बताए ।

देउवाले उक्त आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेताहरूलाई मात्र छानीछानी निसाना बनाइएकाले त्यससलाई षड्यन्त्रको संज्ञा दिए ।

‘अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन । एमाले र कांग्रेसका नेताहरूलाई मात्र छानीछानी निसाना बनाइएको देखियो,’ देउवाले भने, ‘त्यसैले यो घटनालाई सामान्य रूपमा मात्र लिन मिल्दैन ।’

यस्तै, देउवाले कांग्रेसलाई कसैले हाइज्याक गर्न नसक्ने पनि बताए ।

देउवाले कांग्रेस जनता, देश र राष्ट्रको पार्टी भएकाले जनताका प्रतिनिधिहरूबाहेक कसैले पनि यसलाई हाइज्याक गर्न वा आफ्नो कब्जामा लिन नसक्ने बताए ।

उनले कसैले पनि मनोमानी ढङ्गले चल्न नपाउने र पार्टी विधि एवं पद्धति अनुसार अघि बढ्नुपर्ने धारणा राखे ।

पूर्वसभापति देउवाले पार्टी कै कारण आफू पटकपटक देशको प्रधानमन्त्री भएको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्नपनि आफू तयार रहेको बताए ।

पार्टीलाई संकटको बेलामा जोगाउन र यहाँसम्म पुर्‍याउन लाखौं कार्यकर्ताहरूको ठूलो योगदान रहेको उनको भनाइ छ ।

उनले पार्टी विवादका सन्दर्भमा अदालतले आफूहरुलाई नै न्याय दिने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं