Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

विराटनगर । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दाबी पेस गर्ने समय २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन् ।

उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदमा दाबी पेस गर्न सक्नेछन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं