Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

काठमाडौं । चीनको उत्तरपश्चिमी निङ्सिया क्षेत्रमा निर्माण गरिएको १ हजार २०० मेगावाट क्षमताको हावा, सौर्य तथा ऊर्जा भण्डारण परियोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ ।

बुधवारदेखि पूर्ण रूपमा ग्रिडमा जोडिएको यान्ची गाओशावो परियोजनाले विद्युत् उत्पादन गरी आपूर्ति शुरु गरेको हो । परियोजनामा ९२० मेगावाट क्षमताको सौर्य ऊर्जा, २८० मेगावाट क्षमताको वायु ऊर्जा र ३२० मेगावाट तथा ६४० मेगावाट आवर क्षमताको ऊर्जा भण्डारण प्रणाली समावेश गरिएको छ ।

परियोजनाका प्रमुख सुन चुङगाङका अनुसार एउटै क्षेत्रमा हावा, सौर्य र ऊर्जा भण्डारण पूर्वाधार निर्माण गर्नु यसको प्रमुख विशेषता हो । अधिकांश वायु टर्बाइन सौर्य प्यानल जडान गरिएका क्षेत्रमा राखिएकाले एउटै जमिनबाट दुई प्रकारको विद्युत् उत्पादन गर्न सकिने उनले बताए। ऊर्जा भण्डारण प्रणालीको समन्वयमा हावा र सौर्य ऊर्जालाई स्थिर तथा नियन्त्रणयोग्य हरित विद्युतमा रूपान्तरण गरी औद्योगिक विकासमा सहयोग पुर्‍याउने उनको भनाइ छ । निर्माणका क्रममा जमिन पुनर्स्थापना र घाँस रोप्ने कामसमेत गरिएको परियोजनाले जनाएको छ ।

सौर्य प्यानलमुनिको जमिनमा घाँस उम्रिएपछि बालुवा नियन्त्रण र मरुभूमीकरण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक २ अर्ब २५ करोड किलोवाट आवर स्वच्छ विद्युत् उत्पादन हुने अनुमान छ । यसबाट वार्षिक करिब १८ लाख ७० हजार मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं