Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

काठमाडौं । काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघि बढाएको छ ।

यसका लागि आवश्यक सुरक्षा व्यवस्था तथा न्यूनतम पूर्वाधारको सुनिश्चितता गर्ने विषयमा प्रशासनले रणनीतिगत तयारी गरिरहेको जनाएको छ ।

प्रशासनले सूचना जारी गर्दै काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णयअनुसार सञ्चालनमा रहेको जनाएको छ ।

प्रशासनका अनुसार संघीय राजधानीसमेत रहेको काठमाडौं जिल्लाका सम्पूर्ण क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित आवश्यक तयारी भइरहेको छ ।

त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने प्रशासनको भनाइ छ ।

त्यस्तै, यातायात, व्यापार व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।

काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्र समेत चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी छिट्टै बैठक आयोजना गरिने प्रशासनले जनाएको छ ।

प्रशासनले आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थासहित बृहत् तयारी पूरा भएपछि मात्रै काठमाडौं जिल्लाका सम्पूर्ण क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने स्पष्ट पारेको छ ।

तर, हाललाई दरबारमार्ग र ठमेलजस्ता यसअघि नै चौबिसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले भने अर्को सूचना जारी नभएसम्म साविककै निर्धारित समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं