विराटनगर । विराटनगरको पिज फायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेकी महिला कर्मचारीलाई जिल्ला अदालत मोरङले ६० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै बिहीबार न्यायाधीश रामचन्द्र खड्काको इजलासले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा सुनुवाइ गर्दै धराैटीमा छाड्ने आदेश दिएको हो ।

