Lite Nepal

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुने ५० र ४५ वर्षीय पुरुष मोरङका हुन्।

मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजीटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए। उनका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुषमा पाँच वर्षदेखि ब्लड क्यान्सरको पुरानो समस्या थियो।

त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान २स्३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए। उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो। स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालको भनाइ छ।

मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनले बताए। आइसीयूमा राखेर उपचार थालिएको भए पनि पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिए। दाहालका अनुसार अहिले नोबेलको आइसोलेसनमा ३४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं