मोरङ। मोरङको लेटाङ नगरपालिका क्षेत्रमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित नाच कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको भन्ने सूचना मंसिर ३ गते इलाका प्रहरी कार्यालय, लेटाङमा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान तथा खोजतलासका क्रममा घटनामा संलग्न रहेको आरोपमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भनिने भुवानीप्रसाद लम्साललाई आज (शनिवार) पक्राउ गरेको हो।

घटनापश्चात् फरार रहेका उनलाई पक्राउ गरी प्रहरीले मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
