विराटनगर । सुनसरीको धरानबाट प्रहरीले ४ सय ९९ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
शुक्रवार राति धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा सहित एकजनालाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सुनसरी प्रहरीको अनुसार इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतीय नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो।

पक्राउपर्नेमा चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।