काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन्। यसअघि प्रधानमन्त्री शाहले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। सो क्रममा नेपाल र भारतबीच विभिन्न विषयमा समझदारीसमेत भएको थियो।
प्रधानमन्त्री मोदीको आयोजनामा आयोजित दिवाभोजमा सहभागी भएपछि शाहले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। आइतबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह द्विपक्षीय भेटवार्ता तथा कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

