काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ५ सय रुपैयाँले वृद्धि भएको हो । यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले वृद्धि भई ३ हजार १४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
