Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३
तस्बिर : एआई निर्मित

मोरङ । विराटनगर महानगरपालिका–७ स्थित क्षयरोग अस्पतालबाट उपचाररत एक कैदी फरार भएका छन्।

मोरङ कारागारमा रहेका चोरी मुद्दाका कैदी ३० वर्षीय सुमन भन्ने सन्तोष राई सोमबार बिहान फरार भएका हुन्।

भारतको पश्चिम बंगाल घर भई हाल झापाको भद्रपुर बस्दै आएका राईलाई बिरामी भएपछि २०८३ वैशाख २८ गते झापा कारागारबाट मोरङ कारागार ल्याइएको थियो। सोही दिनदेखि उनलाई उपचारका लागि विराटनगरको क्षयरोग अस्पतालमा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंसिर ७ गते बिहान उनी अस्पतालबाट फरार भएको जानकारी प्राप्त भएको हो।

फरार कैदीको खोजी तथा पक्राउका लागि प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं