Lite Nepal

बुधबार, आश्विन २१, २०७७

काठमाडौँ । कोरोना संक्रमणको अवस्थालाई नजिकबाट अध्यायन गरिरहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले कोरोना संक्रमितको नजिकबाट भन्दा हावाबाट कोरोना संक्रमण बढी फैलिएको दाबी गरेको छ ।

सीडीसीको अध्ययन अनुसार अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको छ ।

सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तै लामो समयसम्म हावामा रहन सक्ने र संक्रमितको मुखबाट निस्केका छिटाहरू हावाको माध्यमबाट ६ फिट परसम्म पुग्न सक्छ । त्यसपछि यो अरू व्यक्तिमा सहजै र छिटै सर्न सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।

अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको दाबी गरिएको हो ।

संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।

हावामा रहेका भाइरस केही सेकेण्डदेखि केही घन्टासम्म बाँच्न सक्ने ती भाइरस कम भेन्टिलेसन भएका स्थानसम्म पुगेर जोखिम बढाउने सीडीसीको अध्ययनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं