Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाडौं । सरकारले विपद्बाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार यस्तो घोषणा गरिएको हो।

सङ्कटग्रस्त क्षेत्रमा सरकारले आवश्यक परे सरकारी तथा गैरसरकारी कार्यालय र शिक्षण संस्था बन्द गर्न, कर्मचारी काजमा खटाउन, निजी सवारीसाधन तथा सम्पत्ति अस्थायी रूपमा प्रयोग गर्न र खाद्यान्न, औषधिलगायत राहत सामग्री नियन्त्रणमा लिएर प्रभावितलाई वितरण गर्न सक्छ।

त्यस्तै, उद्धारमा बाधा पुग्ने गतिविधि रोक्न, यातायात तथा आवतजावतमा बन्देज लगाउन र नागरिकको जीउधन सुरक्षाका लागि आवश्यक अन्य उपाय अपनाउन सक्ने अधिकार सरकारलाई ऐनले दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं