Lite Nepal

आइतबार, मंसिर १३, २०८३

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब १:१५ बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा दिउँसो २:१५ बजे चिकित्सकले चालक भट्टराईलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृतककी श्रीमती ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय छोरा अतर्व भट्टराई घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं