Lite Nepal

शनिबार, आश्विन २४, २०७७

विराटनगर । झापाको भद्रपुर ३ पैतिस लाईन एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन् ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साँझ ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटक र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं