Lite Nepal

शनिबार, कार्तिक ०१, २०७७

संखुवासभा । संखुवासभामा शनिबार पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यु भएको छ। धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ।

उनको कारोना भाइरसका कारण शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पीसीआर परीक्षण गरिएको थियो।

बिहीबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण देखिएपछि एम्बुलेन्स उनको घरमा गए पनि उनी आइसोलेसनमा जान मानेका थिएनन्।

जिल्लामा हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म ८१ जना निको भएर घर फर्किसकेका छन्। संक्रमित खाँदबारीको आइसोलेसनमा रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा