Lite Nepal

बुधबार, कार्तिक १२, २०७७

विराटनगर । प्रदेश १ सरकारले आज (बुधबार) पनि दशैंको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबार सम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबार सम्मनै दशैंको बिदा दिएको हो ।

यस अघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबार सम्म अर्थात पूmलपाती देखी द्धादशीसम्म दशैको बिदा दिने उल्लेख गरेको थियो ।

यो निर्णय सँगै प्रदेश १ मा भने भोली (विहीबार) बाट मात्रै सरकारी कार्यालय खुल्ने भएका छन् ।

प्रदेश १ को राजपत्र अनुसार तिहार बिदा तीन दिनलाई दिइएको छ । लक्ष्मी पुजा देखी भाइटीका सम्मलाई बिदा दिने राजपत्रमा उल्लेख छ । लक्ष्मीपुजा कार्तिक २९ गते रहेको छ भने भाइटीका मंसिर १ गते सोमबार रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं