Lite Nepal

मंगलबार, कार्तिक १८, २०७७

विराटनगर। कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा देखिएका समस्या, बीमा दाबी भुक्तानी कार्यलाई सरल र सहज बनाउने सन्दर्भमा आज अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा सरोकारवाला सँग छलफल भएको छ ।

छलफलबाट बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दावी गरेका विमितहरुको एऋच् परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएको अवस्थामा वीमालेख वमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै विमितहरुलाइ सम्बन्धित बीमा कम्पनीले एकहप्ता भित्र भुक्तानी गर्ने निर्णय गरिएको छ ।

कोरोना वीमाको दावी भुक्तानी कार्यमा सर्वसाधारणबाट आएका गुनासाहरुको सुनुवाई गरी सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्‍चालन गर्ने ब्यबस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं