Lite Nepal

सोमबार, साउन १९, २०७७

काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथामका लागि बन्दाबन्दी गरेसँगै प्रतिबन्ध लगाइएको व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ।

उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनीहरू जुटेका छन्।

आन्तरिक हवाई सेवाका लागि दैनिक ४८ वटा उडान स्वीकृत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। बन्द भएको करीब पाँच महीनापछि उडान शुरु गर्न अनुमति दिइएसँगै केही वायुसेवा कम्पनीले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन्।

प्राधिकरणका अनुसार, शहरी क्षेत्रका विमानस्थल ९ट्रंक रुट० मा ३९ वटा उडान र दुर्गममा हुने उडान ९स्टल० का लागि ९ वटा गरी दैनिक ४८ वटा उडानलाई अनुमति दिइएको छ।

ट्रंक रुटमा बुद्ध एयरले १८ वटा, यती एयरले ११ वटा, श्री एयरले ८ वटा र सीम्रिक एयरले २ वटा उडान गर्ने तय भएको वायुसेवा सञ्चालक संघका सदस्य एवम् बुद्ध एयरका वरिष्ठ प्रबन्धक रुपेश जोशीले बताए। वायुसेवा कम्पनीहरूको साविकको उडान संख्या अनुसार उडान अनुमति दिइएको हो।

यस्तै, दुर्गम क्षेत्रमा तारा, सीता र समिट एयरले ३र३ वटा उडानको अनुमति पाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं