Lite Nepal

मंगलबार, साउन २०, २०७७

पाँचथर। भारी वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ।

आइतबार रातिदेखि हिजो दिउँसोसम्मको निरन्तर बाढीले फिदिम-फालोट सडकको फिदिम-नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ। बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिन धस्सिएको छ।

पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका-१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम-फालोट सडक अवरुद्ध भएको छ। नगरपालिकाले पहिरो पन्छाउने प्रयास जारी राखेको छ। यस्तै फिदिम-७ मा पर्ने नाम्दु खोल्सामा पहिरो जाँदा फिदिम-रानीटार-लुङरुपा सडक अवरुद्ध बनेको छ।

फेमे खोलामा आएको बाढीले फिदिममै पर्ने तीन वटा साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीले आयोजनाको पाइपलाइन बगाउँदा तीन वटै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ।

बाढीबाट फेमे खोला साना जलविद्युत् आयोजना र बिके हाइड्रोपावरका दुई वटा गरी तीन आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

क्षति भएका आयोजनामध्ये फेमे खोला साना जलविद्युत् आयोजना ९९८ किलोवाट तथा बिके हाइड्रोपावरका १५० र २४० किलोवाट विद्युत् उत्पादन बन्द भएको छ।

फिदिम नगरपालिका- १, ७ र ११ मा पर्ने फेमे खोलाको तटीय क्षेत्रका केही घर जोखिममा पर्नुका साथै धान खेती र अलैँची बगानहरूमा पनि क्षति पुगेको छ। रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं