Lite Nepal

शनिबार, फाल्गुण १५, २०७७

इटहरी । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने दाबी गरेका छन् ।

आफ्नो समूह निकट प्रेस संगठनको प्रदेश १ भेलालाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले प्रतिगमनविरूद्ध लडेका दलहरूको सरकार बन्ने र त्यो नेकपा (प्रचण्ड–नेपाल ) समूहको नेतृत्व हुने बताएका हुन् ।

‘फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाले नयाँ प्रक्रियाबाट सरकार बनाउने छ,’ भट्टराईले भने, ‘अग्रगमनको आन्दोलन हाँक्ने हाम्रै दलको नेतृत्वमा हुनेछ ।’

नयाँ सरकार कसरी बन्छ भन्नेबारे उनले खुलाएनन् । प्रचण्ड–नेपाल समूहको नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने संख्या सदनमा छैन ।

मुख्य विपक्षी काङ्ग्रेस निर्णायक रहेको सदनमा उसले नेकपाको औपचारिक विभाजन नभई कसैलाई समर्थन नगर्ने बताइसकेको छ । भट्टराईले भने नयाँ सरकार आफ्नै समूहको अगुवाइमा बन्ने दाबी गरेका हुन् ।

आफ्नो दलको नेतृत्वमा बन्ने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर गर्ने कुनै कानुन नल्याउने दाबी गर्दै भट्टराईले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकता हुने उल्लेख गरे ।

नागरिकले सरकारका बारे असन्तोष प्रकट गर्ने, प्रदर्शन गर्नेस्थल नयाँ सरकारले तोक्ने दाबी गर्दै भट्टराईले भने, ‘मैले मन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो प्रस्ताव बारम्बार राखेको थिएँ, तर नागरिकको असन्तोष सुन्ने, त्यसलाई सम्बोधन गर्ने उहाँको प्राथमिकता होइन रहेछ । अब बन्ने सरकारले नागरिक आवाज सुन्ने, उनीहरूलाई जवाफ दिने काम गर्नेछ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा