Lite Nepal

मंगलबार, फाल्गुण १८, २०७७

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् ।

उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।’

दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको खड्काले बताइन् । जलेका घरमा रहेको आगो निभाउने काम भइरहेको र थप जोखिम नरहेको उनको भनाइ छ । बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा सल्किएका कारण त्यसलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको खड्काले बताइन् ।

आगलागीमा परेका पीडितहरुलाई बस्ती नजिकैको खाली ठाउँमा टेन टांगेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताइन् । उनले भनिन्, ‘उद्योग वाणिज्य संघ ताप्लेजुङले अग्नि पीडितहरुलाई खानेकुराको प्रवन्ध गर्ने र रेडक्रसले लत्ताकपडाको व्यवस्था मिलाउने आपतकालीन बैठकले निर्णय गरेको छ । सोही निर्णय अनुसार अहिले काम भइरहेको छ ।’

आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिले भन्न सकिने अवस्था नरहेको उनले बताइन् । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने उनले बताइन् । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भएपनि यसबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं