Lite Nepal

आइतबार, चैत्र ०१, २०७७

विराटनगर । पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले पाएको नगदसहितको सम्मानको रकम सोलुखुम्बुको सोलु एफएमलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

दुखको साथी नेपाल नामक सस्थाले दिएको ११ हजार रुपैयाँ राशीको सम्मान रकम लुइटेलले आगालागीमा परी नष्ट भएको प्रदेश १ कै पहिलो सामुदायिक एफएम सोलु एफएम पुननिर्माणको लागि सहयोग गरेका हुन् ।

सनिबार विराटनगरमा पहिलो वार्षीक उत्सवको अवसरमा आयोजित कार्यक्रममा दुखको साथी नेपालले ५ जना पत्रकारहरुलाई सम्मान गरेको थियो ।

यस्तै संस्थाले क्यान्सर रोगको कारण बिरामी रहेका विराटनगरका पत्रकार कमल पौडेलको उपचारको लागि २५ हजार रुपैयाँ सहयोग समेत गरेको संस्थाकी अध्यक्ष जया पोखरेलले बताइन् ।

सम्मानितहरुलाई पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डितले नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

गत वर्ष स्थापना भएको सो संस्थाले गतवर्ष कोरोना महामारीको बेला २ हजार जना भन्दा बढी खाद्यान्न सहयोग गरेको थियो । संस्थाले बिरामी तथा असाहयहरुको सेवा गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं