Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोनाभाइरस कोभिड १९ का ८ जना संक्रमित थप भएका छन्।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार मंगलबार महानगरपालिकामा ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यसैगरि, मंगलबार नै इटहरी उपमहानगरपालिका ६ र ९ का ५३ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

इटहरीकै ६ नम्बरकी २३ वर्षीया महिलामा समेत कोभिड १९ पुष्टि भएको छ।

झापाको कचनकवल गाँउपालिकाका ३ पुरुष र मोरङको बुढीगंगा गाँउपालिका टंकीसिनुवारीका २५ र ५० वर्षका पुरुषको पनि कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं