Lite Nepal

शनिबार, बैशाख १८, २०७८

ताप्लेजुङ । कोरोना संक्रमणका कारण ताप्लेजुङको फुङलिङ नगरपालिका(४ क्याम्पस लाइन टोलका दुई कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टाभित्र ८५ वर्षीय वृद्धा र ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार वृद्धाको शुक्रबार राति घरमै र पुरुषको शनिबार दिउँसो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि ति पुरुषलाई केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिदै आइएको थियो।

दुवै पहिले देखिनै मुटुरोगबाट ग्रसित रहेको खरेलले बताइन्। वृद्धालाई मुटुरोगको उपचारका क्रममा बिर्तामोडमा कोरोना संक्रमण पुष्टि भएको थियो। पुरुषलाई भने जिल्ला अस्पताल ताप्लेजुङले रेफर गरेपछि धरान लगिएको थियो।

मृतक वृद्धाको शनिबार परिवारले नै अन्त्येष्टि गरेका छन्। यसअघि पनि सोही टोलमा ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो। हाल ताप्लेजुङमा २० जना कोरोनाका सक्रिय संक्रमित रहेको जनस्वास्थ्य अधिकृत खरेलले बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं