Lite Nepal

बिहिबार, जेठ ०६, २०७८

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका २ जय चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ, तीन जना घाईते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १८५१ नम्बरको स्कोरपिओलाई नम्बर नखुलेको अर्को सवारी साधनले राति १२ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र उनकी सासूआमा मोरङको रंगेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवाकोटीको घटनास्थलमै मृत्यु भएको छ ।

दुवै जनाको शवलाई पोस्टमार्टमका लागि मोरङ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ ।

दुर्घटनामा परेर स्कोरपिओ चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया बिनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन् ।

तीनै जना घाइतेहरुको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बिनिता र रोशनको अवस्था गम्भीर र चालक विकाशको अवस्था सामान्य रहेको जानकारी एसपी शर्माले दिए ।

मृत्यु हुने लक्ष्मीप्रसाद स्कोरपिओ चालक विकाशका ससुरा हुन् । घाइतेमध्ये विनिता लक्ष्मीप्रसादकी श्रीमती एवं विकाशकी सासूआमा हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा