Lite Nepal

बुधबार, साउन २१, २०७७

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ। बिहान ११ बजे ललितपुरस्थित तलुसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा बैठक बस्ने भएको हो। पार्टीको तल्लो तहसम्म समायोजन र नेताहरूको कार्यविभाजन बैठकको मुख्य अजेण्डा रहेको पार्टीका नेता महेन्द्रराय यादवले बताए।

कोरोना संकट, बाढी, पहिरो र डुबान लगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयले पनि बैठकमा प्रवेश पाउने यावदले देखापढीलाई बताए। “पार्टीको आन्तरिक संगठन निर्माणसँग सम्बन्धित पार्टी समायोजन तल्लो तहसम्म कसरी गर्ने? र, नेताहरूको विभाजन कसरी गर्ने भन्ने विषय नै बैठकको मुल अजेण्डा हो”, उनले भने, “टुङ्ग्याउन बाँकी थियो, व्यापक छलफल गरेर टुङ्ग्याउँछौं र कोरोना संकटसँगै प्राकृतिक प्रकोपको विषयमा पनि छलफल हुन्छ।”

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच गएको वैशाख १० गते एकता भएपनि पार्टी समायोजनको काम हुन सकेको छैन। पदाधिकारी छनौट गर्न पनि बाँकी छ। हालसम्म पदाधिकारीमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव तथा वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो छन्। सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता लगायत पदाधिकारी छनौट गर्न बाँकी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं