Lite Nepal

मंगलबार, जेठ २५, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५ हजार १५३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १०५ जना र ११ देखि २० वर्षका ३३८ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ८८५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ८६२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ६२८, ५१ देखि ६० वर्षका ५१९ जना, ६१ देखि ७० का ३१५ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १४९ जना, ८० देखि माथिका ६० जना र उमेर नखुलेका ९ जना रहेका छन् । अहिले देशभर १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा