Lite Nepal

शुक्रबार, भाद्र १९, २०८३
फाइल तस्बिर

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम तीव्र पारिएको छ। सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न घटनास्थलको भित्रपट्टिबाट ट्र्याक निर्माणको काम अघि बढाइएको हो।

विभागले आज दिउँसो ३ बजे दिएको अद्यावधिक विवरणअनुसार, दुवैतर्फबाट गरी हालसम्म करिब ५० मिटर ट्र्याक खन्ने काम सम्पन्न भएको छ। निर्माण गरिएको ट्र्याक हाललाई एक्स्काभेटर आवतजावत गर्न मिल्ने प्रारम्भिक ट्र्याक मात्र रहेको विभागले जनाएको छ।

सडक विभागले तोकिएको डिजाइनअनुसार आवश्यक सुरक्षा सावधानी अपनाउँदै पहिरो पन्छाउने तथा यातायात सञ्चालनमा ल्याउने कामलाई निरन्तरता दिइरहेको जनाएको छ।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ। सडक सञ्चालनमा ल्याउन ट्र्याक निर्माणको काम अघि बढाइएपछि यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

यही भदौ १४ गते करिब २०० मिटर सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौँसँगको सडक सञ्जाल प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं