Lite Nepal

आइतबार, आषाढ २०, २०७८

काठमाडौ । युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।

जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।

अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं