Lite Nepal

बिहिबार, भाद्र ०३, २०७८

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै उनले त्यसमा विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् ।

उनले दुई पक्षीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध रहेको समेत बताएका छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेल अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच सहमतिको मस्यौदा तयार पार्न गठित कार्यदलका सदस्यसमेत हुन् ।

दुवै पक्षका नेताहरुले सहमतिका १० बुँदा तयार पारेर नेतृत्वलाई बुझाए पनि ओली र नेपालबीचको टकरावले सो सहमति अलपत्र परेको थियो । सहमतिलाई अपनत्व नलिएका नेता नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी ‘एमाले समाजवादी’ दर्ता गर्न निवेदन दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं